रोमानिया पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on: 03 Jul, 2023

असार १८, काठमाडौँ | रोमानिया पठाईदिन्छु भन्‍दै ४ लाख ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा न.पा. वडा नं. २ स्थाई घर भई  हाल काठमाडौंको  वडा नं. १३ बाफल बस्ने वर्ष २९ को ससिन कुमार थापा रहेका छन् ।

उनले सन्तोष गुरुङ समेत २ जनालाई बैदेशिक रोजगारका लागि रोमानिया पठाईदिन्छु त्यसको लागि रु. ६ लाख लाग्छ, रोमानिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु र मासिक रु. १ लाख सम्म तलब हुन्छ भनि बिश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरिसंग जम्मा ४ लाख लिई सम्पर्क बिहिन भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाफलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!