मौरिसस पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | मौरिसस पठाइदिन्छु भन्‍दै ४ लाख ५० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा गोलबजार न.पा. वडा नं. ६ स्थाई घर भई  हाल काठमाडौंको  वडा नं.१६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!