माल्टा पठाइदिन्छु भन्‍दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ

Posted on: 30 Jun, 2023

असार १५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।


उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।

उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै  रकम  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!