पुन: कोरिया जान पाउनुपर्ने भन्दै युवाहरूद्वारा ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना

Posted on: 25 Jun, 2023

असार १०, काठमाडौँ | भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् ।

कोरियामा ५ वर्ष बसेर फर्किएकाहरूले पुन: ईपीएस परीक्षा उत्तीर्ण गरेको तर जान नपाएको भन्दै झण्डै एक हजार जना धर्नाका लागि ईपीएस कार्यालय पुगेका हुन् ।


धर्ना बस्न पुगेका युवाहरू र प्रहरीबीच झडपको अवस्थासमेत सिर्जना भएको छ । पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् ।

कोरियामा ५ वर्ष काम गरेर फर्किएकाहरू पुन: परीक्षा दिएर जाने पाउने व्यवस्था भए पनि ईपीएस पास गर्दा पनि आफूहरू जान नपाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!