कतार पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | कतार पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ ठुलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर-८ मा बस्‍ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।


उनको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले बौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!