एनआरएमएद्वारा यूएईमा अलपत्र परेका १४ जना नेपालीको उद्धाका लागि पहल

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको लागि एनआरएमएद्वारा पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो ।

अलपत्र पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख र जुम्लाका कृष्ण नेपाली रहेको गैरआवासीय (एनआरएमए) ले बताए ।

यूएईमा कार्यरत रहेको उनीहरू २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएरका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काउन लागिएको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!