म्यानपावरमा हुने ठगि र चर्को अशुलीतिर पनि ध्यान दिन मेयर बालेनलाई गुहार !

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ । मेयर बालेन साहले काठमाडौँ महानगरभित्रका बिभिन्न बेथितिलाई क्रमश ध्यान दिएर सुधारको काम गरेको भन्दै प्रसंशा गरिएको छ । यसै बीच सामाजिक संजालमा बालेनलाई म्यानपावरहरुले वैदेशिक रोजगारको क्रममा गरिरहेको ठगि र चर्को अशुलीमा ध्यान दिन आग्रह गर्दै दवाब बढाइएको छ । 


महानगरभित्र गलत र नीति बिपरित क्रियाकलाप बढिरहेकोप्रति धमाधम एक्सनमा उत्रिरहेका बालेनलाई 'कार्यक्षेत्र भित्र पर्छ भने म्यानपावरहरुले मच्चाईरहेको लुट पनि नियन्त्रण गरिदिन' भन्दै ध्यानाकर्षण गर्न थालिएको छ । महानगरमा व्यवसाय गरेर नीति बाहिर रही ठगि भईरहेको भन्दै भएको ध्यानाकर्षणको सम्बन्धमा धेरैले लाइक र प्रतिक्रिया दिएका छन् । कतिपयले सम्बन्धित निकायका अधिकारीहरु तलब मात्र खाएर बसेको भन्दै म्यानपावरहरुले गरेको गलत गतिबिधिहरुमाथि पनि बालेनको नजर जानेमा आफूहरु आशाबादी गरेको प्रतिक्रिया दिएका छन् ।

वैदेशिक रोजगार क्षेत्रमा फ्री भिसा फ्री टिकटको नीति अनुसार ९८ प्रतिशत भन्दा बढी म्यानपावरहरु नचलेको बताइएको छ । यसैमा पछिल्लो समय मलेसिया रोजगारमा जान ४ लाखसम्म अशुली हुन थालेको छ भने युरोप रोजगारका नाममा कन्सल्टेन्सी तथा व्यक्तिहरुले समेत अग्रिम अशुलीका साथै चर्को अशुली गर्दै आएका छन् । २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले वैदेशिक रोजगारमा जान खाडीका ६ राष्ट्रमा १० हजार भन्दा बढी लिन नपाउने नीति घोषणा गरेका थिए । त्यस्तै मलेसिया रोजगारमा जान निशुल्कको नीति छ । तर अधिकांश म्यानपावर व्यवसायीले डिमाण्ड किनेर ल्याउने र चर्को लागत तिराएर कामदार पठाउने गरेको अवस्था छ । 

मेयर शाहले पछिल्लो पटक शिक्षा क्षेत्र सुधारको लागि गरेको प्रयासको खुलेर प्रसंशा भईरहेको छ । त्यस्तै मेयर शाहले पछिल्लो समय आफ्नो कार्य क्षेत्रभित्र नपरेपनि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा तासकोदेखि भारतबाट आयातित हुने तरकारीलाई काठमाडौँमा रोक लगाउने कुरा र भारतीय चलचित्र आदिपुरुषमा सिता भारतको भनि आएको विषयलाई लिएर भएको ध्यानाकर्षणलाई लिएर निकै चर्चा पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!