सुर्खेतमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ

Posted on: 27 Feb, 2022

फागुन १५, काठमाडौँ । सुर्खेतमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित श्रीकृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला कनका सुन्दरी गाउँपालिका–८ बस्ने २३ वर्षीय लक्ष्मीप्रसाद सन्ज्याल छन् । उनी शनिबार पक्राउ परेका हुन । 

आफ्नै भाइ २० वर्षीय अग्निप्रसाद सन्ज्यालको नाममा परीक्षा दिँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!