साउन महिनाको अन्तिम भित्रमा कक्षा १२ को नतिजा प्रकाशनको गर्ने बोर्डको तयारी

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । 

सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । 

‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने । 

प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए । 

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!