चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला भएको दूतावासद्धारा जानकारी

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरुलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो ।


काठमाडौंस्थित चिनियां दूतावासले आफ्नो आधिकारीक विच्याटमा चीनमा व्यापारिक भिसा भएका र वैध अध्ययन आवास अनुमति भएका विदेशी विद्यार्थीहरुलाई चीन प्रवेश गर्न अनुमति दिएको जनाएको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार अबदेखि चीनमा शैक्षिक शिक्षा प्राप्त गर्ने दीर्घकालीन विदेशी विद्यार्थीहरुले विदेशी विद्यार्थीहरुको लागि (JW201 रJW202) भिसा आवेदन फारम र विद्यालय भर्ना सूचना वा फिर्ता प्रमाणपत्र प्रस्तुत गरेर अध्ययन भिसाको लागि  (X1) मा आवेदन दिन सक्छन् ।

वैध अध्ययन भिसा (X1) वा अध्ययन प्रकारको निवास अनुमति धारण गर्ने विदेशीहरुको परिवारका सदस्यहरु(पति,पत्नी,आमाबाबु, १८ वर्षभन्दा कमका बच्चा पति/पत्नीका आमाबुवा ) चीनमा बस्न चाहन्छन् भने नीजी मामिला (S1 या S2) भिसाका लागि आवेदन दिन सक्छन् । यो भिसामा १८० दिन वा त्यो भन्दा बढी बस्न पाईने दूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!