पोल्याण्डमा एक नेपाली युवाको मृत्यु

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।


पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ।

उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!