भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

Posted on: 16 May, 2022

जेठ २, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । 


भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!