युक्रेनबाट ५ सय ११ नेपाली बाहिरिए, ४० जना नेपालीको परिवारले युक्रेन छोड्न चाहेनन्

Posted on: 04 Mar, 2022

फागुन २०, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित भई युक्रेनबाट ५ सय ११ नेपाली सो देशबाट बाहिरिएका छन् । बाहिरिएका अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । 

रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका छन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । 


युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीका अनुसार युक्रेनमा करिब ४० जनाको परिवारले आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारीक र व्यवहारिक कारणले युक्रेन छोड्न नसक्नु भएको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!