यसरी रोक्न सकिन्छ सडक दुर्घटना (२६ उपाय)

Posted on: 01 Sep, 2016

मीन बहादुर पण्डित | विदेशतिर ५० बर्ष पछिलाइ सोचेर एक्सप्रेस हाइवे बनाइन्छ, तर नेपालमा बाटो नबनाई नहुने बाध्यता भएपछी मात्र तत्काललाई काम चल्ने गरि बाटो र पुल बनाइन्छ,  अनि कसरि हुन्छ दुर्घटना कम ? कसरि हुन्छ बिकाश ? आजको समस्या टार्न बनाएको बाटोले आगुनलाइ धान्दैन । आजको समस्या टार्न गरेको पिच आगुनसम्म टिक्दैन । नेपालको सडक र हवाई यातायात सुरक्षित छैन भन्ने सन्देस बिश्वभरि जाँदा कसरि बढ्छ पर्यटकको शंख्या ? के पर्यटन बिना देशको बिकाश सम्भव छ ? स्मरण रहोस् पर्यटन उद्ध्योग बिश्वको सबै भन्दा ठुलो उद्योग हो । पर्यटन उद्योगको आम्दानी पेट्रोलियम उद्योगको आम्दानी भन्दा कयौ गुणा ठुलो छ । आजको परिस्थिमा पर्यटन उद्योग हरेक देशको अर्थत्तन्त्रको मेरुदण्ड भएको छ । 

अस्तिको दिन दुर्घटना कसरी कम गर्ने भनेर संसदमा बहस त भयो । सबैले आ-आफ्नो तालले भाषण गरेर गए, अनि एकछिन यातायात मन्त्री रमेश लेखक कुर्लिए । त्यसपछी एउटा दुइटा नयाँ नियम लगायो तर बाटोको गुणस्तर नै राम्रो छैन भने जे नियम लगाए पनि के फाइदा होला र ? यसरी कहिले पनि दिर्घकालिन समाधान निस्कन सक्दैन । बिचरा गाउँतिरबाट आएका सभासदलाई रबिन्द्र अधिकारीले भने झैँ यहि बाटो कत्रो लाग्दो हो ? कुवाको भ्यागुतोले पोखरी देखे झैँ, तर उसलाई समुन्द्र भनेको कत्रो हुन्छ के थाहा ?

सिन्डिकेट:- बाटो नै साँगुरो भएपछि सिन्डिकेटले गर्दा गाडी दुर्घटना भयो भनेर मात्र पुग्दैन । हरेक राजमार्गमा बस व्यवसायी समिति हुन्छन । अनि  बस व्यवसायी समितिले रुट परमिट बाहेकका बाहिरी गाडी चलाउन दिदैनन, त्यसैले धेरैजसो बेला ओभरलोड हुन्छ । हरेक सवारी साधनले प्रतिदिन ३०० देखि ५०० समितिलाई तिर्नुपर्छ । कुनै दुर्घटना भएमा समितिले त्यहि कोषबाट रकम झिकेर क्षेतीपूर्ति तिरिदिन्छन । बाँकी इन्सुरेन्स र सवारी धनिले व्यहोर्न पर्छ, तर ड्राइभरलाई कुनै आर्थिक जरिवाना छैन, त्यसैले ड्राइभर अत्यन्त लापरबाही भएर सवारी साधन चलाउछन । दुर्घटनाको प्रमुख कारण मध्य यो पनि एउटा हो । त्यसैले ओभरलोड भएर दुर्घटना भएमा समितिलाई पनि जरिवाना तिराउनु पर्छ, तर ओभरलोड बोक्ने गाडी दुर्घटना हुँदा इन्सुरेन्स निलम्बन गरिदिदा भने घाइते यात्री र मृत्यु भएकाहरुलाई क्षेतीपुर्ती दिनलाई मर्का पर्छ । समिति अनुगमन गर्न नसक्ने सरकारले सिन्डिकेटलाई मात्र दोष दिनु ठिक होइन ।  

बजेटको एक तिहाइ  रकम ठेकेदारसंग मिलेर मन्त्री र सचिबले भ्रष्टाचार गर्ने, कमिसन लिने, अनि लिशिंग-पिशिंग पिच गर्ने र साँगुरो बाटो बनाउने ।  कमिसन दिएपछि ठेकेदारले पनि राम्रो काम गर्दैन, अनि आफैले कमिसन लिएपछि जनताको आँखामा छारो हाल्न नाम मात्रको कारबाही गरेर छोडी दिने, यस्तै भएको छ नेपालमा हैन भने खै कम्जोर काम गर्ने ठेकेदारलाई कारबाही ? अनि त्यस्तो बाटोमा सडक दुर्घटना भएर सयौको ज्यान जान्छ भने यी  मान्छे स्वत: ज्यान मारा होइनन र ? त्यसैले भ्रष्टाचारीलाई चीनमा जस्तै मृत्युदण्डको व्यवस्था हुनुपर्छ । अनि मात्र गुणस्तरीय काम हुनेछ । निम्न कुरामा ध्यान दिने हो भने सवारी दुर्घटना धेरै हदसम्म रोक्न सकिन्छ:

१) बाटोलाई बर्गिकरण गरेर, ''अस्थाई र स्थाई’’ रुट परमिटको व्यवस्ता गर्ने (बाह्रै महिना गाडी चलाउन सकिनेलाई स्थाई रुट र हिउदमा मात्र चालाउन सकिने तर बर्षामा चलाउन नसकिनेलाई अस्थाई रुट परमिट दिने) साँगुरो बाटोमा ठूला सवारी साधनलाई सवारी अनुमति नदिने ।

२) रोड पिचको ग्यारेन्टी १ बर्षबाट बढाएर १० बर्ष बनाउने किनकि खाल्टा खुल्टिले धेरै दुर्घटना निम्त्याउछ (बर्षैपिच्छे रोड पिच गर्न सम्भव पनि हुँदैन । यो असम्भव र अव्यावहारिक छ)

३) यात्रु बसले यात्रुका झोला बाहेक अन्य समान बोके जरिबाना गर्ने । यात्रु बसमा हुट राख्न नदिने । सरसामान बोक्ने पिकअप गाडी छुट्टै समिति मार्फत ब्यबस्था गर्ने । (गाडीको प्यासेजमा चामल, मलका बोरा र अन्य समान खादेर हालेको हामी सबैले देखेकै छौं ।)

४) बाटो मर्मत वा पिच शुल्क छुट्टै लिने, (कच्ची बाटो र खाल्टा खुल्टिले गर्दा गाडीको मर्मत खर्च प्रतिमहिना ५ देखि ५० हजार आऊछ । त्यो पैसा उठाउन भाडा महँगो गर्नु र सक्दो यात्रु कोच्नुको बिकल्प छैन । जसले दुर्घटना निम्त्याउछ । ५ हजार शुल्क तिर्दा १५ हजार मर्मत खर्च बच्ने हुँदा व्यवसायीहरु  खुशीले बाटो मर्मत वा पिच शुल्क तिर्न तयार हुन्छन ।

५) निश्चित ठाउमा मात्र गाडी रोक्न पाउने गरि 'बस बिशौनी' बनाउने । (बस रोक्ने ''बस बिसौनी'' चाहि छैन, जथाबाबी गाडी किन रोकिस ? भनेर जरिबाना मात्र गर्नु त् ट्राफिकको आम्दामी बढाउने उपाए मात्र हो, यसरी संधै गाडी नियन्त्रण गर्न सक्किन्न) यात्रुले यहाँनेर गाडी रोकिन्छ भनेर बुझे पो निश्चित  ठाउमा उभिने ?

६) बाटोको गुरस्तर कमसेकम राष्ट्रिय मापदण्डको हुनुपर्ने अन्यथा रुट परमिट नदिने । चालक, बस व्यवसायी, यातायात समिति र सम्बन्धित प्रसासनिक कर्मचारीलाइ कारबाही गरेर मात्र दुर्घटना रोकिन्छ भन्ने मानसिकताले देश बिकाश हुदैन, नयाँ बाटो बन्दैन ।

७) तिब्र गतिले हुने क्षति रोक्नुको लागि सकिन्छ भने सिटी एरियामा ठाउँ-ठाउँमा हाइस्पिड क्यामेरा राख्ने, ओवर स्पीड भए अटोमेटिक फ्लाश हुन्छ र जरिबाना गाडीको खातामा जम्मा हुन्छ गाडी नबिकरण गर्दा यो रकम नतिरी सुखै छैन । बिकिसित देशमा यही सिस्टम प्रचलनमा छ । क्यामरा राख्न असम्भव ठाउँमा नसके मापासे जस्तै छडके अनुगमन गर्ने ।

८) गाडी चालकको लागि ''Please do not talk with driver'' भनेर अंग्रेजी र नेपालीमा (''चालक संग कुरा गर्न सख्त मनाही छ'' ) भनेर यात्रुले देख्ने ठाउँमा लेख्नु पर्यो, किनकि ड्राइभर मोबाइलमा कुरा गर्दा र यात्रुसंग जिस्किदा ध्यान अन्त जान्छ र ठुलो दुर्घटना हुन सक्छ ।

९) धेरै धुर्घटना हुने ठाउँको पहिचान गरि ""कृपया होसियार" '' Road is narrow please carefull  '' भनेर होडिंग बोर्ड राख्ने, (खतराको लोगो सहित दुवैतर्फबाट देखिने गरेर) बाटोलाई राडार सिस्टमबाट मनिटर गर्ने प्रबिधि ल्याउने । विदेश तिर 'This road is monitored by radar'  भनेर सम्बन्धित बाटोमा होडिंग बोर्ड राखेको हुन्छ ।

१०) रोडको तल्लो भागमा ठुला-ठुला रुख हुन दिने । रोडको तल्लो भागको ५ मिटर एरियामा रुख काट्न प्रतिबन्द लगाउने जसले गर्दा दुर्घटना भैहाले पनि रुखमा अड्किन्छ र क्षेती कम हुन्छ । सम्म स्थान बाहेकका अन्य स्थानमा रुख छैन भने सेफ्टी वाल, पिलर वा वाल लगाउने । (५ बर्षमा ठूलो भएर हुर्कने खालको उत्तिस आदि रुख लगाए गाडी ठुलो दुर्घटनाबाट रोक्न सकिन्छ)

११) जुन छेत्रको लागि बाटो बनाउने योजना दिइन्छ त्यहि छेत्रका बासिन्दाको अनुगमन समिति बनाउने (जस्तो अहिले सरकारी स्कुलमा स्थानीय बासिन्दाको संचालक समिति हुन्छ) तर अहिले त विवाद हुन्छ र घोटाला गर्न पाहिन्न भनेर कति बजेटको योजना हो भनेर सम्बन्धित क्षेत्रका बासिन्दाले पत्तोनै पाउँदैनन् । १ अर्वको बाटोको ठेक्कामा २५ करोडको पनि काम हुन्न, बाँकी नेता, कर्मचारी र ठेकेदारले तरिका मिलाएर खान्छन । यो स्थिती अन्त नभए सम्म गुणस्तरिय काम हुन् सक्दैन । साँगुरो बाटो बनाउदा दुर्घटनामा कहिले काँही  ठेकेदार र कर्मचारीका आफन्त र आफै  पनि नपर्लान भन्न सकिन्न ।

१२) पुराना गाडीको मर्मत सम्भार गरिएको छ छैन, अनुगमन मुल्यांकन गर्ने । उचित मर्मत सम्भार नगरियको सबारी साधनमा धेरै यात्रु हाल्दा दुर्घटना हुने डर हुन्छ ।

१३) मान्छे मार्ने चालकको लाइसन खारिज गरिदिने । नेपालको बिध्यमान कानुनमा चालकले कशैलाई किचेर मारे पनि ३५ दिन भित्र छुट्ने र जरिबाना गाडी धनीले तिर्ने चलन छ । बिदेशमा जस्तो Blood Money चालकलेनै तिर्नु पर्ने नत्र अन्य अपराधमा जस्तै जेल बस्नु पर्ने व्यवस्था हुनपर्छ । अहिले त् चालकले सारै हल्कासंग लिन्छन, उनीहरुलाई कुनै डरनै छैन, मरे मरोस ३५ दिन त होनि जेल भन्छन । गल्तिको कडा सजाय हुने हो भने मात्र सजायको डरले सचेत भएर गाडी चलाउछन । अव्यवहारिक कानुन र न्यायको सिद्दान्त बिपरितको सजायले दुर्घटना बढीरहेको छ ।

१४) २ बर्ष लोकल रुटमा गाडी चलाएपछि मात्र लामो रुटमा चलाउन पाउने अनुमतिपत्र बेवस्था गर्ने । नयाँ ड्राइभरलाई एकैचोटी लामो रुटमा गाडी चलाउन दिदा दुर्घटना बढ्छ । ८ घण्टा भन्दा बडी गाडी कुदाउदा सारीरिक र मानसिक रुपले थाकेर राम्रोसंग ड्राइभिंग गर्न पनि गाह्रो हुन्छ । त्यसैले ८ घण्टा भन्दा लामो दुरीमा गाडी चलाउदा २ जना ड्राइभर अनिबार्य हुनु पर्ने नियम लागु गर्ने ।

१५) मापासेमा ३ चोटी फेला परे, १ बर्षमा ३ भन्दा बडी ठुला दुर्घटना गरे चालकको लाइसन खारिज गर्ने । चालकको लागि । जसरी विदेश जाँदा अनिबार्य ORIENTATION दिइन्छ त्यस्तै चालकलाई पनि अनिबार्य ''सेफ्टी ORIENTATION क्लासको'' व्यवस्था  गर्ने ।

१६) सकेसम्म सडक बत्ति र रातीको लागि राजमार्गका अफ्ठेरो ठाउमा सडक बत्ति वा सोलार बत्तिको ब्यबस्था गर्ने । वा अफ्ठेरो ठाउमा रेडलाइट राखीदिने, घुम्तीमा दुवै तर्फको सबारीले देख्ने गरि सडकमा ऐना राखिदिने ।

१७) राजमार्गमा पनि आउने जाने साधनको लागि पहेलो रंगको (अन्तर्राष्ट्रिय चल्तीको रंग) रेखांकन गरेर सडकलाइ २ भागमा (आउने जाने लेन ) विभाजन गर्ने । अब बन्नेनयाँ बाटोहरु आउने जाने २ लेनको हुनैपर्ने नियम लागु गर्ने । वान वे बाटो भएमा ओभर टेक गर्दा गाडी जुध्ने समस्या समाधान हुन्छ ।

१८) नक्कली लाइसन दिने र लिनेलाई कडा कारबाही गर्ने । SLC पासले मात्र लाइसन लिन पाहुने व्यवस्थालाई कडाइका साथ् लागु गर्ने ।

१९ ) व्यस्त  ट्राफिक चोकमा ट्राफिक सिग्नल राख्ने, बाटो काट्ने जेब्रा क्रसिंग सबै ठाउमा बनाउने सके सम्म व्यस्त  चोकमा बाटो काट्न फ्लाई ओवर बनाउने । जेब्रा क्रसिंग छोडेर रोड़बाट बाटो क्रश गरे पैदल यात्रीलाई पनि समातेर जरिबाना गर्ने ।

२०) पैदल यात्री हिड्ने बाटोमा बाइक वा फुटपाथ पसल राख्न नदिने, बाटोमा फोहोरको कन्टिनर राख्न नदिने । साँगुरो बाटोमा फोहोर फाल्दा दुर्घटना हुने डर हुन्छ ।

२१) बाटोको दायाँ-बाया घर बनाउनेले अब्यबस्थित तरिकाले निर्माण सामग्री राखिदिने र घर बनाइ सकेपछि पनि बाकि माटो र फोहोर नउठाइदिनेलाई नगरपालिकाले जरिबाना गर्ने । जसले गर्दा दुर्घटना हुने डर कम हुन्छ ।

२२) सबारी चालक र कन्डक्टरलाई अनिबार्य Uniform लगाउन पर्ने व्यवस्था गर्ने जसले गर्दा केहि हदसम्म 'म डुटीमा छु' भन्ने जिम्मेबारी बोध गराउँछ । ( नत्र किन चाहियो पुलिस आर्मीलाई पोशाक ?)

२३) बाटो गतिलो नहुँदा ब्यबसायीका पनि आफ्नै मर्का र समस्या छन् उदाहरणको लागि जब १ दिन गाडी बिग्रिन्छ, अनि ५ गुणा खर्छ हुन्छ, जस्तो तेल हाल खल्तीबाट, ड्राइभर र  कन्डक्टरलाई डेली भत्ता खल्तीबाट, चालकलाइ  खाना खल्ती बाट,  पार्ट्स किन खल्ती बाट, मर्मत ज्याला खल्ती बाट, समिति तिर खल्ती बाट,  किस्ता तिर खल्ती बाट अनि यो घाटा उठाउन १ हप्ताको कमाइले नि पुग्दो रहेनछ ।

२४) पिच राम्रो नहुँदा धुलो उडेर यात्री, फुटपाथ यात्री र सडक दाया बायाका किराना पशलका खाध्यान्नमा जम्छ अनि सबैलाइ कुनै न कुनै रोग लाग्छ । सबैको  उपचार खर्च जोड्ने हो भने अरबौ हुन् आउछ । यो पैसाबरु बाटो पिच गर्नमा लगाउने हो भने अरबौ त् जोगिन्थ्यो नै  साथै बिरामी भएर ज्यान जाने डर पनि  कम हुन्थ्यो )

२५) काठमाडौँमा दिनभरि कार्यालयमा काम गर्नु र गाडीमा कार्यालय जाँदा-जाँदा आउदा उत्ति थाकिन्छ, यदि बाटो राम्रो भएमा आरामदाई यात्रा हुन्थ्यो र कम  थाकिन्थियो, अनि लुगा पनि महिलो हुदैन थियो ।

२६) गाडीका लागि कुनै फ्लाई ओभर नहुनाले घन्टौको जाममा पर्दा उर्जावान समय खेर त् जान्छ नै त्यो भन्दा पनि ठुलो घाटा गाडीले धेरै तेल खाएर भाडा पनि महँगो हुन जान्छ ।

मिन बहादुर पण्डित  [email protected]

हाल: दुबई, यु.ए .ई


यस बिषयमा तपाइको प्रतिक्रिया...!