फलेवासमा निःशुल्क विउ वितरण

Posted on: 13 Nov, 2016

कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ प्रत्यक किसानको १ रोपनी जग्गामा लगाउन मिल्ने गरि बिउ बितरण गरिएको कृषि बिकास समिति देविस्थानका सदस्य भरत श्रेष्ठले जानकारी दिए ।
किसानलाई मुला, काउलीको बिउका साथै किसानको जग्गामा अत्याधिक उम्रने तथा खेतीपातीमा सत्याउने थाउने नामक झार नियन्त्रण गर्ने ८५ लीटर पेन्ड्री मिथाईलिन औषधी समेत प्रदान    गरिएको छ । साथै प्रत्यक वडामा स्प्रेयर समेत वितरण गरिएको छ ।


 नेपाल सरकार बाट प्रत्यक बर्ष गाबिसको कृषिमा बिनियोजन हुने रकम बाट बिभिन्न बिउ बिजन बितरण गरिएको कृषि बिकास समिति देविस्थानका संयोजक भुवानी प्रसाद श्रेष्ठले बताए ।
 उक्त गाबिसका कृषकलाई कृषि खेती तर्फ उन्मुख गर्नका लागि बिउ बितरण गरिएको उनले बताए । गाबिसका सबै किसानले तरकारीको उत्पादन गरि नगदेवालीमा आत्मनिर्भर बनाउनका लागी बिउ बितरण गरिको बताइएको छ ।
बिभिन्न जातको बिउ लगाएर उत्पादनमा २० देखि २५ प्रतिशत सम्म बृद्धि हुने तथा किसानले केही मात्रामा भए पनि आय आर्जन गरुन भन्ने आशाका साथ किसानलाई प्रोत्साहन गर्नका लागि बिउमा अनुदान दिन सुरु गरेको जनाइएको छ ।आफुलाई बितरण  गरीएको बिउ बुझ्दै किसान    सुरज श्रेष्ठले पहिले अन्य खेती गर्दा श्रमको समेत प्रतिफल प्राप्त नहुने गरेको भन्दैै काउली र मुला खेती गर्दा अब घर खर्च समेत चलाउन सजिलो हुने आशा गरेको बताएका छन् ।     अब ब्यवसायिक कृषक बन्ने सोच रहेको कृषकको भनाई छ । यस क्षेत्रमा काउली र मुला तथा टमाटर खेतीको सम्भावना धेरंै रहेको स्थानिए कृषकको भनाई छ । माधव पराजुलीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!