राजनीति र तरकारी एकैसाथ-तरकारी खेतीबाट बार्षिक ४ लाख आम्दानी

Posted on: 10 Nov, 2016

महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि अहिले करेसाबारीमा उनलाई तरकारी टिप्नको लागि भ्याईनभ्याई छ ।
ग्रामीण कृषि कार्यकर्ता संजालको केन्द्रीय अध्यक्ष समेत रहेका उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् । सात रोपनी जग्गामा टनेलभित्र गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलु लगायत तरकारी सँगै च्याउखेती गर्दै आएका उनले बार्षिक पाँच लाख सम्म आम्दानी हुने बताए ।  झण्डै १० लाखको लगानीमा व्यवसायी तरकारी खेती गरेका उनले व्यवसायी तरकारी खेतीबाट आफु सन्तुष्ट रहेको बताउँछन् । तीन वर्ष मलेसियामा समय विताए तर सोचेजस्तो कमाई हुन सकेन । आफ्नै खेतबारीमा परिवासँगै तरकारी व्यवसाय गर्छु सुखदुख परिवासँग साटेर बस्छु भन्ने सोच बनाए अहिले राम्रो आम्दानी भएको छ उनले भने । घरपरिवारको साथमा छु व्यवसाय र राजनीति संगै लिएर हिडेको छु भुषालले भने ।


उनले आफ्नो टनेलबाट उत्पादन भएका तरकारी पोखरा लगेर विक्रि गर्दै आइरहेका छन । ढुवानीको समस्या भएता पनि आफ्नो उत्पादन भएको तरकारी छिमेकी जिल्ला बाग्लुङ, गुल्मी, स्याङ्जा, पोखरासम्म पुग्ने गरेको बताउँछन । तरकारी खेतीबाट आम्दानी गरेका भुषाल आफु मात्रै आत्मनिर्भर नभई गाउँलाई पनि तरकारीमा आत्मनिर्भर र व्यवसायी बनाउने सोचमा रहेका बताउँछन् ।
“वहाकी र शालिग्राम गाविसमा कृषिको पकेट क्षेत्र बनाएर तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम लैजाने तयारी गरेको छु” अब म मात्रै नभई यहाँका व्यवसायी तरकारी खेती गर्न इच्छुक कृषकहरुलाई पनि आफु्सँगै व्यवसायीक बनाउने सोचमा छु , उनले भने ।


नेकपा माओवादीको गाउँ कमिटिको सदस्यबाट राजनीति शुरु गरेका भुषाल अहिले नेकपा माओवादीका केन्द्रिय सदस्य छन् । उनी राजनीतिमा मात्रै नभई पत्रकारिता क्षेत्रमा समेत सक्रिय रुपमा लागेका छन् । स्थानीय तथा केन्द्रिय स्तरका मिडियामा समेत काम गरेका उनी पछिल्लो समयमा राजनीति, व्यवसाय र पत्रकारितालाई एकैसाथ लिएर अगाडि बढिरहेका छन् ।
राजनीति, व्यवसाय र पत्रकारिता एकैसाथ गर्नको लागि अप्ठेरो भएता पनि निकै रमाईलो भएको उनको अनुभव छ । इच्छा शक्ति भए काम गर्नको लागि अरु क्षेत्रमा लाग्न हुदैन भन्नेहरुलाई उनको त्रिकोणात्मक कार्यशैलीले चकित तुल्याएको छ । बेमौसमी तथा मौसमी तरकारी खेतीबाट निकै राम्रो आम्दानी गरेका भुषालको स्थानीयबासीले सिको गर्न थालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!