कृषि मन्त्रीले कृषि कार्यालयको निरिक्षण गरे

Posted on: 29 Oct, 2016

कार्तिक १३ पर्वत ।नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण       गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका        चौधरीले शुक्रबार जिल्ला कृषि कार्यालयको निरिक्षण गरेका हुन् । सोही क्रममा कृषि कार्यालयमा भर्खर मात्रै जोडिएको सिसि क्यामेराको समेत मन्त्री चौधरीले उद्घाटन गरे । चौधरीले जिल्ला कृषि विकास कार्यालयको गतिविधिको बारेमा आफुले मन्त्रालयबाट समेत जानकारी हासिल गरेको र ७५ जिल्लामध्ये पर्वत कार्य सम्पादनको हिसाबले उत्कृष्ठमा परेको बताए । उनले कृषि कार्यालय पर्वतले बाँझो जमिन राख्नेलाई      जरिवाना तिराउने परिपाटीको कायम गरेर देशभरिमा नै उदाहरणीय काम गरेको उल्लेख गरे । उनले जिल्लाको कृषि विकासको लागि आफुले सक्दो सहयोग रहेन बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!