बजार माग मध्यनजर गरी डडेल्धुरामा पहिलो पटक आधुनिक च्याउखेतीको सुरुवात

Posted on: 08 Oct, 2016

करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउखेती व्यवसायी तिलक हमालले जानकारी गराउनु भयो । डडेल्धुरा जिल्लाको वढ्दो मागलाई र वजार क्षेत्रलाई हेरि करिव सात लाखको लगानिमा पहिलो पटक व्यवसायिक रुपले च्याउखेति तर्फ लागेको व्यवसायी हमालले वताउनु भयो । डडेल्धुरालाई मात्रै नभई नजिकको छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ लाई विक्रि गर्ने उद्देश्यका साथ तिन जनाको सयुक्त लगानीमा समुह निर्माण गरि च्याउ व्यवसाय तर्फ लागेको अर्का व्यवसायी केशव महताले वताउनु भयो ।

     कम लागानी र थोरै परिश्रममा धेरै फाईदा लिन सकिने भएकाले यो व्यवसायमा लागेको महताको भनाई रहेको छ । करिव ७ जनालाई रोजगार को समेत अवसर दिलाएको वताउदै वार्षिक करिव ४० देखि ४५ लाख सम्मको च्याउ उत्पादन गरेर विक्रि गर्ने लक्ष्यका साथ वार्षिक १० देखि १५ लाख सम्मको मुनामा लिने लक्ष्य लिएको च्याउ व्यवसायी महताले वताउनु भयो । डडेल्धुराको तुफानडांडामा व्यवसायिक रुपले वार्षिक ४० देखि ५० लाख सम्मको च्याउ उत्पादन गरि वेच्नका लागि टहरा निर्माण गरि च्याउ व्यवसायमा लागेको व्यवसायीहरुले वताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!