कार्तिकदेखि कृषि कार्यालयमै माटो परिक्षण

Posted on: 28 Sep, 2016

असोज १२ पर्वत ।  जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषि कार्यालयमै माटो परिक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ ।

यहि कात्र्तिक महिनादेखि कृषि कार्यालयबाटै माटो परिक्षणको सुविधा दिने तयारी भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

माटो परिक्षणको लागि आवश्यक पर्ने ४ लाख ५० हजारको मेशिन तथा १ लाख ५० हजारको क्यामिकल खरिद भैसकेको उनले बताए । सो कार्य गर्नको लागि जेटिएलाई तालिम समेत दिइसकिएको उनको तर्क छ । कार्यालयले आव ०७३।७४ देखि जिल्लामा पकेट क्षेत्रका रुपमा कार्यक्रमहरु लागू गर्ने तयारी गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!