एक हप्ते आधारभूत सहकारी तालिम सम्पन्न

Posted on: 26 Sep, 2016


असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकारी व्यवस्थापन तालिम आइतबार सम्पन्न भएको हो ।
     उक्त तालिममा आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी सहकारी संचालकहरुलाई तालिम दिइएको थियो । तालिमबाट निकै राम्रो ज्ञान पाएको सहभागीहरुले बताए । सहकारीहरुले आधाभूत सहकारी व्यवस्थापन गर्न नसकेका कारण धेरै सहकारी संघसंस्थाहरु सर्वसाधरणको पहुँचमा पुग्न नसकेको सहभागीहरुले बताए । यता तालिम समयसमयमा गर्नुपर्ने सहभागीको भनाई थियो । कार्यक्रममा सहकारी निरिक्षक शोभकान्त शर्मा, प्रशिक्षार्थी मिना केसी, राजेन्द्र खड्का, याम बहादुर केसी लगाएतले बोलेका थिए ।  संजिविनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सहकारी निरिक्षक श्रीराम शर्माले गरेका थिए । उक्त तालिममा चुवा, बाजुङ, देउपुर, देउराली, भुकताङ्गलmे तिलाहार र राम्जा देउरालीका २० सहकारीका २५ जना सहभागी थिए । यसैविच संविनी बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक २ करोड बराबरको कारोबार हुने संस्थाका अध्यक्ष सागर जिसीले बताए  ।२७ जना शेयर सदस्यबाट संचालन भएको उक्त सहकारीको अहिले शेयर सदस्य १ सय ५९, साधरण सदस्य १ सय ७० रहेको उनले जानकारी दिए । २७ हजारबाट शुरु भएको संस्थाको हाल ५६ लाख शेयर पुर्जी पुगेको जिसीको तर्क छ । संस्थाले दलित, अपाङ्गता, एकल महिला, असाय, अल्पसंख्यक, जेष्ठ नागरिकलाई विशेष प्रथामिकता दिएको बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!