नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज शपथ ग्रहण गर्दै

Posted on: 22 Aug, 2023

भदौ ५, काठमाडौँ | नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण २० साउनमा अनिवार्य अवकाश पाएका थिए । गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!