सुन तस्करीमा संलग्न थप दुईजना चिनियाँ नागरिक पक्राउ

Posted on: 18 Aug, 2023

भदौ १, काठमाडौँ | सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा गएराति पक्राउ परेका दुईजनासहित हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!