सुन बरामद प्रकरण संलग्नताको आशंकामा पक्राउ गरेका दुई चिनियाँ नागरिक रिहा

Posted on: 12 Aug, 2023

साउन २७, काठमाडौँ | सुन बरामद प्रकरणमा संलग्नता रहेको आशंकामा पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।

अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । 

अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कडायतले जानकारी दिए । 

 एक सय किलो सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!