सुन बरामद प्रकरण: सीआईबीले गरे २ चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | सुन बरामद प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो। 

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!