ललितानिवास जग्गा प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ | बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी गर्नेहरुमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ रहेको छन् । 

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

सो आदेश आएकै दिन जिल्ला अदालतले पनि पूर्वमन्त्रीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!