मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 06 Aug, 2023

साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुर जिल्ला ताप्लिङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका  वडा नं. ६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् ।

उनले फर्कमान बुढालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी  गरेका थिए।

उनलाई प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल,  काठमाडौँ पठाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!