साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

Posted on: 31 Jul, 2023

साउन १५, काठमाडौँ | साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् ।

 ३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई साइप्रसस्थित प्रतिष्ठित कम्पनीमा एक लाख तलव आउने जागिर मिलाइदिन्छु भनेर दुई लाख रुपैयाँ ठगेको पीडितले बताएका छन् । पीडितसँग पटक पटक गरेर नगद लिएपछि उन सम्पर्कबिहिन भएका थिए । 

वैदेशिक रोजगार विभागको पत्रको आधारमा गिरीलाई पक्राउ  गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!