घुस रकमसहित अख्तियारको नियन्त्रणमा सप्तरीका वडाध्यक्ष

Posted on: 07 Jun, 2023

जेठ २४, सप्तरी | सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सब्दुल मियाँलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हुन्।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिएलगत्तै  मंगलबार विद्यालयबाटै पक्राउ गरेको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!