साबधान ! सामसुङ स्मार्टफोन पड्कनुको कारण र बच्ने उपाय जानीराख्नुस्

Posted on: 15 Sep, 2016

सास | पछिल्लो महिनादेखि स्मार्टफोन पड्कने घटनाहरू बढेको छ | सामसुंगको फ्ल्यागशिप Galaxy Note7 होस् वा Galaxy S7 Edge, पछिल्लो समय स्मार्टफोन पड्कने समस्या आएपछि कम्पनीले नै त्यसको समाधानको लागि अहिले ति फोनहरु बेच्न छाडेर मर्मततर्फ लागेको छ | तर समस्या यतिमा सिमित छैन अन्य स्मार्टफोनहरु पनि पड्कने समास्या आउने गरेको छ | 

सामसुंग Note7 मा मात्र नभई फोन पड्कने घटना पहिले पनि आउने गरेको समस्या हो | यो समस्या तबसम्म रहन्छ जबसम्म स्मार्टफोनमा Lithium-ion सेल (ब्याट्री) प्रयोग गरिन्छ | स्मार्टफोन पड्कने प्राय घटना चार्जिंग गर्दैगर्दा हुने गर्छ | तर पछिल्लो समयको आंकडा अनुसार चार्जिंग बाहेकको समयमा पनि स्मार्टफोन पड्कने गरेको छ | 

जान्नुहोस् किन पड्कन्छ स्मार्टफोन ? 

स्मार्टफोनहरुमा Lithium ब्याट्रीको कारण पड्कन्छ- यसको कारण ब्याट्री तात्ने वा खराबीको कारण हुन्छ | चार्जिंग सर्किट र इनपुट पावरमा केहि गलत भएको कारण पनि यस्तो समस्या आउँछ, अहिले सामसुंगको पछिल्लो फोनमा यही समस्या छ | ब्याट्रीको चार्जिंग सर्किट बिग्रंदा चार्जमा नजोडेको बेलामा पनि चार्ज भईरहने समस्या देखिन्छ जसको कारण ब्याट्री तात्छ | निरन्तर तातेपछी भित्र पग्लिन्छ र पड्कन्छ | 

लिथियम ब्याट्री हल्का हुन्छ, यसलाई सहजै चार्ज गर्न सकिन्छ र धेरै ब्याकअप पनि दीने गर्छ | यसको इलेक्ट्रोड छुट्याउने तह निकै कमजोर हुन्छ | यदी मोबाइल खस्दा वा कुनै कारण उक्त सर्किटमा खराबी आउन सक्छ र ब्याट्रीमा खरावी आई पड्कनेसम्म हुन्छ |

जुन पायो त्यहि चार्जर प्रयोग नगर्नुस 

त्यस्तै अर्को महत्वपूर्ण कुरा के पनि हो भने हामीले जुन पायो त्यहि चार्जर आफ्नो मोबाइलमा घुसाईरहेका हुन्छौं जसको कारण ब्याट्रीमा खराबी आउँछ | यसको कारण प्रोटेक्शन सर्किटमा खरावी आउन सक्छ | 

लगातार चार्ज नगर्नुस 

प्रिस्टन यूनिभर्सिटीका मेटेरियल वैज्ञानिक ड्यान स्टीनगर्टका अनुसार ब्याट्री एक रबर ब्याण्ड जस्तै हुन्छ | जब यसलाई चार्ज गरिन्छ तब रबर ब्याण्ड जोडिदै जान्छ, लगातार चार्ज गरिरहंदा रबर ब्याण्ड रीलीज हुन नपाई तन्कन्दै जाँदा रबर ब्याण्ड फाट्छ र ब्याट्रीमा खरावी आउसक्छ |

यसरी बच्नुस 

- स्मार्टफोनसँग जुन चार्जर आउँछ सोहि चार्जरको मात्र प्रयोग गर्नुस वा सोहि कम्पनीकै चार्जर मात्र प्रयोग गर्नुस | 

- फोनको ब्याट्री ओरिजनल किन्नुस् वा सम्बन्धित मोबाइलको सर्भिस सेन्टरमा लगेर मात्र परिवर्तन गर्नुस् |

- चार्जिंग गर्दै गर्दा फोन तातो स्थानमा नराख्नुस् | 

- चार्ज गर्दैगर्दा फोनको प्रयोग धेरै नगर्नुस | 

- ब्याट्री ५०% भन्दा कम भएपछी मात्र चार्ज गर्नुस |

- रातभर फोन चार्ज नगर्नुस | 

- लोकल पावर बैंक प्रयोग गर्नबाट बच्नुस | राम्रो कमोपनीलप सर्टिफाइड पावर ब्यांक मात्र प्रयोग गर्नुस |

- आफ्नो फोनलाई सिधा घाममा नराख्नुस |

- फोन तत्काल तात्ने वा त्यस्तै अस्वभाविक समस्या आउनासाथ सर्भिस सेन्टरमा देखाउनुस | 

- स्मार्ट फोनमा नचाहिदा एप्स डाउनलोड नगर्नुस | यसले स्मार्टफोनलाई ज्यादै व्यस्त बनाईराख्छ र तात्ने समस्या हुन्छ | में दें उनसे इसकी वजह पूछें.

यस बिषयमा तपाइको प्रतिक्रिया...!