होसीयार ! बर्गर र पाउरोटीबाट पनि क्यान्सरको खतरा

Posted on: 03 Jul, 2016

बर्गर र पाउराटी मन नपर्ने प्राय कमै होलान । तर कतिपय कुराहरु मनपर्यो भनेर खाँदा त्येसले धेरै असर गर्छ । अहिले फास्टफुडको जमाना छ, भोक लाग्ने बित्तिकै तुरुन्तै फास्टफुड खानाको खोजी गर्छन मानिसहरु ।pauroti

त्यसै क्रममा सबैभन्दा छिटो भेटिने खाजा हो पाउरोटी र बर्गर । तर पाउरोटी, बर्गर जस्ता बेकरी उत्पादनबाट क्यान्सरको खतरा बढ्छ भन्ने तथ्य हालै प्रकाशमा आएको छ ।

यो तथ्य भारतमा गरिएको एउटा लामो अनुसन्धानबाट पत्ता लागेको हो । ‘सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्टले’ गरेको अनुसन्धानबाट पाउरोटी, बर्गरजस्ता खानेकुरामा क्यान्सरको कारक तत्व फेला पारिएको हो ।

त्यसै क्रममा दिल्लीमा बेचिने प्रख्यात ब्राण्डका पाउरोटी र बर्गरमाथि अनुसन्धान गरिएको बताइन्छ । अनुसन्धानमा पाउरोटीमा पोटासियम ब्रोमेट र पोटासियम आयोडेटजस्ता हानिकारक रसायन पाइएको हो । यी रसायनका कारण क्यान्सर हुने विज्ञको भनाई छ ।

पोटासियम ब्रोमेट विकसित मुलुकमा प्रतिबन्धित छ । भारतसहितका विभिन्न मुलुकमा भने यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छैन । पोटासियम आयोडेटबाट भने थायराइड सम्बन्धी रोग लाग्न सक्ने जनाइएको छ । विभिन्न ३८ ब्राण्डका बेकरीजन्य उत्पादनमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत उत्पादन स्वास्थ्यका लागि हानीकारक पाइएको बताइएको छ ।

स्वास्थ्यका लागि त्यस्ता उत्पादन हानिकारक हुने तथ्य सार्बजनिक भएसंगै प्रतिवेदनमार्फत भारत सरकारलाई बेकरीजन्य पदार्थमा हानिकारक रसायन प्रयोगमा प्रतिबन्ध लगाउन समेत माग गरिएको थियो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!