अल्कोहल कति हानिकारक ? जान्नुहोस्

Posted on: 03 Jan, 2019

तपाई अल्कोहल कत्तिको पिउनु हुन्छ ? अहिले प्राय मानिसमा अल्कोहलको लत बसेको हुन्छ । पार्टी होस् या फुर्सद, हर्ष होस् या बिस्मात् मानिसहरु अल्कोहल पिउने गर्छन । तर अत्याधिक अल्कोहल सेवन गर्नुहुन्छ भने एकचोटी अवस्य पढ्नुहोस् अल्कोहल कति हानिकारक छ भनेर । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । एउटा अध्ययनअनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ ।

- नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्यधिक हुने पत्ता लगाएको छ । त्यस्तै, अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक रूपमा बढाउँछ ।

- अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ । 

- सामान्य मानिसभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना पनि अत्यधिक हुने गरेको अनुसन्धानको निष्कर्ष छ । 

- अल्कोहलिकहरू मधुमेह, मुटुरोगलगायतका समस्याबाट पनि ग्रसित हुन्छन् । 

- अत्यधिक अल्कोहल पिउने व्यक्तिमा मानसिक समस्याको जोखिम पनि उत्तिकै हुने गर्छ । मानिसले तनाव कम गर्ने निहुँमा अल्कोहलको सहायता लिने गर्छन् । तर, समस्या के भने यसले मस्तिष्कलाई नै अत्यधिक असर पार्ने गर्छ । 

- केही मात्रामा अल्कोहलको सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम हुन्छ । तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!