सावधान ! असुरक्षित यौन सम्पर्कले निम्त्याउँछ यस्ता गम्भीर रोग

Posted on: 25 Sep, 2018

टिप्स:- असुरक्षित यौन सम्बन्धका कारण व्यक्तिमा यौन रोगको जोखिम बढ्ने गर्छ । तर, कहिलेकाहीँ यस्ता रोगले शरीरमा संक्रमण गर्दा समेत व्यक्तिमा कुनै लक्षण देखा पर्दैन । यसले के जनाउँछ भने यौन सम्बन्धमा बढी सक्रिय हुने व्यक्तिमा यस्ता समस्या पहिलेदेखि नै हुनसक्छ, जसको बारेमा थाहा नहुनसक्छ । के छन् त त्यस्ता समस्या ?

१. गोनोरिया:- असुरक्षित यौन सम्पर्कका कारण मानिसमा गोनोरियाको संक्रमण हुनसक्छ  । यो संक्रमण व्याक्टेरियाका कारण हुने गर्छ । जसका कारण जेनिटल अंग रेक्टममा संक्रमण हुनसक्छ । महिलाहरूमा प्रायः यस रोगको लक्षण देखिदैन र देखिहालेको खण्डमा पनि धेरै कम तथा व्लाडरको संक्रमण हुने गर्छ ।

२. हर्पिज:- हर्पिज सिम्प्लैक्स टाइप १ले मुखलाई प्रभावित पार्न सक्छ । जसमा मुखको वरिपरि छाला पर्ने गर्छ । जब कि हर्पिज सिम्प्लैक्स टाइप २ मा यसले यौनाङ्गलाई प्रभावित पार्दछ । यौन सम्बन्ध राख्ने क्रममा यो संक्रमण पार्टनरमा  समेत  सर्नसक्छ, जसको लक्षण सजिलै देख्न सकिदैन ।

३. क्लेमाइडिया:- क्लेमाइडिया एक साधारण प्रकारको यौन सञ्चारित रोग हो, जसको कुनै लक्षण देखिदैन । असामान्य रूपमा  यौनाङ्गबाट तरल पदार्थ निस्कनु तथा पिसाब गर्दा पिसाब पोल्नु नै यसको प्रमुख संकेत हो । यो संकेत यौन सम्पर्क गरेको केही समयपश्चात महसुस हुनसक्छ । विशेषगरी, यस्ता संक्रमण मुत्रनलीबाट शरीरमा फैलिनसक्ने भएकाले क्लेमाइडिया भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श लिनुपर्छ ।

४:- ह्युमन पेपिलोमा भाइरस:- ह्युमन पेपिलोमा भाइरसले पनि शरीरलाई दुई प्रकारले प्रभावित पार्न सक्छ । यसको प्रभाव कम भएमा यौनाङ्गबाट पानी निस्कन थाल्छ भने यसको प्रभाव बढी भएमो गम्भीर समस्या निम्त्याउन सक्छ । तथापि धेरैजसो अवस्थामा यसको लक्षण नदेखिने र यौनाङ्गबाट पानी पनि नबग्ने हुँदा यस्ता समस्या भएको शंका लागे चिकित्सकसँग परामर्श लिन जरुरी छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!