मोवाइलमा कसरी फ्रि वाइफाइ कनेक्ट गर्ने ? यस्तो छ तरिका

Posted on: 01 Jun, 2018

काठमाडौं । पछिल्लो समय सबैको चाँसो र रुचिको विषय बनेको छ इन्टरनेट | सबैको हात हातमा मोबाइल देख्न सकिन्छ | सुचना र प्रविधिको विकास तिब्र गतिमा बढ्दै गैरहेको छ | आज इन्टरनेटको माध्यबाट विश्वलाई एकै ठाउमा बसेर हेर्न सकिन्छ | सानो भन्दा सानो जानकारी पनि इन्टरनेटबाट नै खोज्ने गरिन्छ ।

यदि तपाईं कतै बाहिर हुनुहुन्छ भने मोबाइलको डाटाबाट भए पनि इन्टरनेटको प्रयोग गर्नु हुन्छ होला ।

तर, के तपाइलाई थाहा छ तपाइकै वरीपरी कतै पब्लिक वाइफाइ हुने गर्छ जुन तपाईंको फोनमा पासवर्ड बिना नै कनेक्ट हुन्छ । यदि तपाइलाई यस बारेमा थाहा छैन भने हामी तपाइलाई २ वटा तरिका बताउदै छौँ, जसबाट तपाइ आफ्नो वरीपरी भएको वाइफाइको बारेमा जान्न सक्नु हुनेछ । यसपछि तपाइलाई आफ्नो मोबाइल डाटा प्रयोग गरिराख्नु पर्ने छैन ।

१. वाइफाइ प्रो एप: यस एपलाई गुगल प्लेबाट फ्रिमा डाउनलोड गर्न सकिन्छ । यो के कामको लागि उपयोगी छ भने यसमा तपाइको वरीपरी भएको फ्रि वाइफाइ आफै कनेक्ट हुन्छ ।

२. इन्स्टाब्राइटगे: यो पनि गुगल प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिन्छ । यस एपबाट तपाइ सार्वजनिक वाइफाइलाई आफ्नो फोनमा सजिलै कनेक्ट गर्न सक्नु हुनेछ । यो एपको विषेशता के हो भने यसले तपाइको फोनलाई सबैभनदा फास्ट नेटवर्कसँग कनेक्ट गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!