डाक्टरका कुरा : गर्भवतीले के खाने, के नखाने ?

Posted on: 06 Nov, 2016


-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ

गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्य समयभन्दा गर्भवती अवस्थामा बढी क्यालोरीको आवश्यकता पर्छ । जानिराखौँ गर्भवती भएको अवस्थामा कस्ता खानेकुरा सेवन गर्नु राम्रो हुन्छः

१. फोलिक एसिड, क्याल्सियम, आइरन, फाइबर, प्रोटिनयुक्त खानाको

आवश्यकता हुन्छ ।

२. हरियो सागसब्जी र फलफूलमा प्रचुर मात्रामा भिटामिन पाइन्छ । जस्तैः अम्बा, आँप, मेवा र खरबुजा । यसका साथै ब्रोकाउली, स्प्राउट्स, गाँजर र पालुंगोजस्ता हरिया सागसब्जीमा भिटामिन बी वान, बी टु र बी थ्री पाइन्छ । केरामा पनि भिटामिन बी सिक्स पाइन्छ । जसले आमाको साथै पेटको बच्चालाई पनि लाभदायक हुन्छ ।

३. गर्भवती भएको वेला अत्यधिक बोसोयुक्त खाना, जंक फुड्स, प्रिजरभेटिभ रसायन प्रयोग गरिएका खानेकुरा, धूम्रपान, मद्यपान सेवन गर्नुहुँदैन ।

४. मानसिक तनाव नलिनु, सकारात्मक सोच्नु, हरेक समय खुसी रहनुले पनि आमा र बच्चाको स्वास्थ्यमा फाइदा पु¥याउँछ । -नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!