५ महापाप: यस्ता काम गर्नेहरुले नर्कमा झेल्नुपर्छ धेरै सजाय

Posted on: 28 Sep, 2016

के तपाइँ धर्ममा बिश्वास गर्नु हुन्छ ? गर्नु हुन्छ भने तपाइले स्वर्ग र नर्कको कुरा पनि बिश्वास गर्नु हुन्छ । धार्मिक कुरा गर्ने हो भने भविष्य पुराणमा मान्ने गरिन्छ कि हरेक मानिसले उसको शरीर, मन वा कुराले मृत्युपछी सजाय भोग्नु पर्छ । मानिसले जन्मिएपछि नमरुन्जेलसम्म गर्ने कामको आधारमा स्वर्ग वा नर्गको यात्रा तय गर्छ भन्ने गरिन्छ । यो कुरा संसारको प्राय सबै धर्मले स्वीकार गरेको बिषय पनि हो । मानिसले बाच्ने क्रम गर्ने केहि काम जसलाई महापाप भन्ने गरिन्छ । आउनुस आज जानौं त्यस्ता ५ महापापहरु बारे जसलाई गर्नेहरुले नर्कमा सबै भन्दा बढी यातना झेल्नुपर्छ ।

पाप नम्बर १:  कसैलाई ठग्ने, गलत काम गर्ने वा कसैको हत्या गर्ने मानिसहरु भविष्य पुराण अनुसार महापापी मान्ने गरिन्छ । 

पाप नम्बर २: गुरुपत्नी माथि पापी नजर लगाउनु वा गुरुलाई गलत ब्यबहार गर्नु वा गुरु बस्ने स्थानलाई दुरूपयोग गर्नु महापाप मानिएको छ । 

पाप नम्बर ३: पशुहरु माथि अत्याचार गर्ने, ब्राह्मणको हत्या गर्ने वा उसको अपमान गर्नु महापाप मानिएको छ ।

पाप नम्बर ४: हरेक मानिस लागु पदार्थ तथा मादक पदार्थबाट टाढा रहनुपर्छ । कुनैपनि नशामा फसेको व्यक्तिलाई  धर्मले पापी मान्छ ।

पाप नम्बर ५: चोरी गर्ने मानिसहरु वा त्यस्तो काममा सहयोग गर्ने मानिसहरुले नर्कमा गएर निकै सास्ती झेल्नु पर्ने हुन्छ । 

आत्महत्याको कर्म:

धार्मिक मान्यता अनुसार आत्महत्या गर्नेहरुले लामो समयसम्म अर्को जन्म हुँदैन | लामो समयपछि दोश्रो जन्म मिलेपनि उसको स्थित स्वस्थ हुँदैन | यस्ता खालको अर्को जन्मले पनि प्राय आफ्नो नराम्रो कर्मलाई निरन्तरता दिने गर्छ र प्राय आत्म हत्या वा आफ्नै कारण आफुलाई मार्ने काम गर्छ | आध्यात्मिक गुरु वा भगवानले मात्र त्यस्ता व्यक्तिहरुलाई सहि मार्गमा ल्याउन सक्छन |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!