अब कतारबाट नेपालमा प्रति मिनेट ६ रुपैयाँमै फोन गर्नुहोस

Posted on: 06 Sep, 2016

भदौ २१, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्न तपाइहरुलाई सहज भएको छ । 

उरेडू मोबाइल कम्पनीले नेपालमा हुने कलको दर सस्तो बनाएको हो । उरेडूबाट नेपालमा एनटिसी र एनसेल दुबैमा हुने कललाई प्रतिमिनेट २० कतारी दिहीराम अर्थात ६ रुपैयाँमा झारिएको छ । यसअघि नेपालमा हुने कल प्रतिमिनेट ९९ दिहीराम अर्थात २९ रुपैयाँ बराबर पर्ने गदर्थ्यो ।

अब उरेडुमार्फत नेपालमा हुने कल २३ रुपैयाँ सस्तो भएको छ । नेपाल की स्किम सार्वजनिक गर्दै कम्पनीले मूल्य घटाइएको हो । यो स्किममा सहभागी हुन चाहानेले ‘एनके’ टाइप गरेर १२१ मा एसएमएस गर्न सकिने छ । 

अथवा (ह्यास्टि्रक २११ ह्याच ) डायल गरेर यो सेवा सुचारु गर्न सकिने छ । कतारमा कार्यरत नेपालीको मागअनुसार कल शुल्क सस्तो बनाइएको कम्पनीले जनाएको छ । यो स्किममा सहभागी हुनेको मोबाइलबाट हरेक हप्ता एक कतारी रियाल काटिने पनि कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!