ग्यालेक्सी नोट ७ किन्नेहरुलाई फेरी अर्को फोन निशुल्क दिने सामसुङको घोषणा

Posted on: 03 Sep, 2016


भदौ १८, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसुङको ग्यालेक्सी नोट ७ स्मार्ट फोनमा समस्या आएपछि यसअघि उक्त फोन किनिसकेकाहरुलाई कम्पनीले निशुल्क नयाँ फोन दिने घोषणा गरेको छ । 

कम्पनीले बिश्व बजारमा गत अगस्टमा आएको फोनमा खरावी आएपछि उक्त फोनहरु फिर्ता लिने निर्णय गरेसंगै ग्राहकहरुले किनिसकेको फोनको सट्टामा फेरी अर्को नयाँ फोन दिने भएको हो । ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो ।

अब कम्पनीले जसले फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ । ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । सामसुङका प्रमुख डोङ गिनले भनेका छन्, यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’

कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता लाग्ने हुँदा त्यति समयसम्म कुर्न ग्राहकहरुलाई आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!