सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !

Posted on: 02 Sep, 2016


भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ । एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि 'गैलेक्सी नोट7' मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो ।

यसको ब्याट्रीमा निकै संबेदनशील खरावी आउन थालेपपछी कम्पनीले बिश्व बजारबाट सबै फोन फिर्ता मगाउने फैशला गरेको हो । साथै सामसुंगले, यस फोनमा भएको खराबीलाई नसुधारेसम्म यसको उत्पादन रोक लगाएको छ । 

क्षिण कोरियाको एक एजेन्सीले जनाए अनुसार सामसुंगको कयौं सूत्रबाट थाहा भएको छ कि उक्त फोनमा चार्जिंग गर्दै गर्दाको अवस्थामा अचानक आगो लाग्ने गरेको पाइएको छ । कयौं फोन विक्रेता कम्पनीहरु र फोन प्रयोग गर्ने ग्राहकहरुले यस समस्याको बारेमा भिडियो मार्फत सामसुंगलाई संदेश पठाएका छन् । 

ग्राहकहरुबाट आएको चर्को उजुरी पछी कोरियाको यस कम्पनीले आफ्नो देशबाट निर्यात हुने सबै ग्यालेक्सी नोट7 मोबाइल रोक्का गरेको छ ।

'गैलेक्सी नोट7', गत अगस्ट २ तारिक बिश्व बजारमा लन्च भएको थियो । यसको शानदार 'आइरिस रीडिंग' फीचरको कारण मानिसहरुले यो फोन निकै मन पराएका थिए । तर लगातार प्रयोगकर्ताहरुले दैनिक यस फोनको ब्याट्री पड्कने र आगो लाग्ने प्रमाण पठाउन थालेपछि कम्पनीले फोन निर्यातमा रोक लगाउँदै विश्व बजारमा पुगेका फोन समेत मर्मत गरेर मात्र पुन: बेच्ने बताइएको छ ।

विश्वभर स्मार्टफोनको बजारमा सामसुङ सबैभन्दा माथिल्लो स्थानमा छ । उसले आफ्नो प्रतिद्वन्दी 'ऐप्पल' लाई पनि पछी पारेको छ । यस्तो अवस्थामा उसको आशा गरिएको प्रमुख मोडेलको फोनमानै खराबी आएपछि उसलाई तनाब भएको छ । अर्को कुरा बजारमा अब ४/५ दिनमै एप्पलको आइफोन 7 आउँदै गर्दा उसको मुख्य फोनमा भएको खरावीको फाइदा सिधै एप्पलले उठाउने देखिएको छ । 


यो पनि पढ्नुहोस 

>> अब १ हप्ता भित्रमा आउंदैछ iPhone 7 | कति पर्छ यसको मूल्य ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!