असहायहरुसँगै मनाईन नवलपरासीकि पत्रकार पौडेलले आफ्नो जन्मदिन

Posted on: 22 Aug, 2016

भदौ ६, नवलपरासी । पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् । 

गैंडाकोटको विजय एफएममा कार्यरत पत्रकार पौडेलले भरतपुर स्थित मानव सेवा आश्रम चितवनमा रहेका असहायहरुलाई सेवा गरेर जन्म दिन मनाएकी हुन् । 

सडकबाट उद्धार गरेर ल्याईएका झण्डै ४० जना असहायहरुलाई खाजा तथा फलफूल खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । अन्य क्षेत्रमा खर्च गरेर मनाउनुभन्दा असहायहरुलाई सेवा गर्नु उत्तम ठानेर आश्रममा आई जन्मदिन मनाएको पौडेलले बताईन । 


घरदेखी टाढा भएपनी आश्रममा जन्मदिन मनाउँदा आमाबुबा संगै भएको जस्तो लागेको उनले बताईन । जन्मदिनको अवसरमा शुभकामना दिदैँ बिजय एफएमका प्रशासन प्रमुख ईश्वरी प्रसाद चापाँगाईले शुभ कामको थालनी भएको भन्दै अरुले पनी यस्तो सहयोग र सहकार्यको अभियान चलाउनुपर्ने बताए । 

सो क्रममा बोल्दै पत्रकार नारायण ढुंगानाले जन्मदिनको शुभकामना व्यक्त गर्दै परोपकारी पत्रकारितामा अझै अघि बढ्ने आशा व्यक्त गरे । सो क्रममा पत्रकार रुपा बस्नेत, कमला गुरुंग, आश्रमकी अभियान्ता अनिता अधिकारी लगायतले जन्मदिनको अबसरमा शुभकामना व्यक्त गरेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!