फोक्सुण्डो सरसफाइको अनुगमनमा गएको इन्जीनियरको टोली सुरक्षित फर्कियो

Posted on: 14 Mar, 2017


टेक शाही/चैत्र १, डोल्पा । खानेपानि तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते फोक्सुण्डो गएको टोली सम्पर्क आठौँ दिनमा सम्पर्कमा आएको छ । 

फागुन २४ गते बिहान फोक्सुण्डोको लागि गएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेन सहित १२ जनाको टोली सुरक्षित आठौँ दिनमा आज सदरमुकाम पुगेको छ । 

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका १२ जना गेमस्काउटको टोली सँचार सेट सहित खोजीको लागि आजै बिहान हिडेको १० जनाको टोलीले बिचबाटोमा दुनै आउदै गरेको अबस्थामा फेला पारेको र सबैजना सुरक्षित रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सँरक्षण अधिकृत रामदेब चौधरिले जानकारि दिनु भएको छ ।

अनुगमनमा गएको टोली फोक्सुण्डो तालमा पुगेकै दिनमा भारि हिमपात भए पछि तल फर्किन नँसेको र त्यहि स्थानियको घरमा बसेर तिन दिन लगाएर बल्ल तल्ल सकुसल आउन सफल भएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेनले बताउनु भयो । पहिलो पटक यसरि भारि हिमपातमा पर्दा पहिले निकै आत्तियौ र सबैले सहास गरेर सदरमुकाम दुनै पुग्न सकेकोमा खसि लागेको र अब घरपरिवार सबैमा टोली सुररिक्षत दुनैमा पुगेको जानकारि गारएको पनि हुसेनले बताउनुभयो ।

सरसफाइको अबस्थाका बारेमा अनुगमनमा फोक्सुण्डो गएका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेनसँगै  खानेपानि कार्यालय डोल्पका कार्यालय सहयोगि काँशिराम उखेडा,नयाँ शक्ति नेपालका प्रतिनिधि चन्द्र गूरुगँ,गैरसरकारी सँस्था सेप्ड्रा नेपालकी फिल्ड सुपरभाइजर जुन कुमारि हिराचन,सो सँस्थाका अर्का कर्मचारि छेवागँ लामा रहनु भएको छ । 

उक्त अनुगमन टोलीसँग नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय कोर्डिनेटर अब्दुल सइम अन्सारि एनसिसिएसपि डोल्पा जिल्लाका सँयोजक सन्तोष खनाल उहाँकि धर्म पत्नी लेखापाल तारा प्रसाद आचार्य र कार्यालय सहयोगि धनरुप कार्कि फोक्सुण्डो ताल भ्रर्मणको लागि जानु भएको थियो । फोक्सुण्डो गएको टोली सँगै शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना गेमस्काउट पनि गएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!