जोखिम न्युनिकरणका लागी पुर्वसुचनामा आधारित अन्तरक्रियात्मक नाटक

Posted on: 30 Nov, 2016


‘‘बल्ल आँखा खुल्यो नाटक कालिकोटमा’’

पार्बती सिंह/मङ्सिर १५, कालिकोट । नेपालको भौगोलिक सुन्दरताले भरिपूर्ण देश हो यहाँ तराई, पहाड, हिमालको एक अनौठो भौगोलिक र साँस्कृतिक सुन्दरता छ । यहाँ भुगोल ले दिएको प्राकृतिक सुन्दरताको साथै प्राकृतिक श्रोत साधन पनि प्रसस्त छ । 

तर समय समयमा आईरहने साना र ठूला  प्रकोप ले भने दुःख दिई रहन्छ । जस्तै बाढी, पहिरो, हवा हुरी, आगलागी, भुकम्प त्यसमा पनि प्रत्येक वर्ष आउने प्राकृतिक प्रकोप पहिरो, बाढी र २०७२ सालको बैशाख १२ आएको ठुलो भुकम्पले गर्दा नेपालमा सबै भन्दा ठूलो भयो । 

जसले नेपालको पहाडी तथा तराई भेगमा प्रत्येक वर्ष ठूलो धन, जन तथा मानवीय तथा प्राकृतिक क्षति गर्ने गरेको छ ।नेपाल भूकम्पको हिसाबले ११औ स्थानमा, पहिरोको हिसाबले ३० औ स्थानमा तथा जलवायु परिवर्तनको हिसाबले ४औ स्थानमा पर्दछ ।

विभिन्न प्रकोपहरु मध्य नेपालमा भूकम्प, बाढी, पहिरो, आगलागी तथा महामारी प्रमुख हुन । वि.सं २०७२ साल वैशाख १२ र २९ गतेका भूकम्पबाट प्रभावित ५९ जिल्लामध्ये १४ जिल्ला अति प्रभावित छन् तर नेपालका सबै स्थान भूकम्पीय हिसाबले उच्च जोखिममा पर्दछ ।

२०७२ भूकम्पकले विद्यालयमा भएको क्षति राष्ट्रि««य योजना आयोगले गरेका विपत्पश्चातको आवश्यमता पहिचान (एम्ल्ब्) मा २०७२ वैशाख १२ र २९ को भूकम्पबाट शिक्षा क्षेत्रमा ३१३१७.९ मिलियज अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख छ । जसमा निम्न अनुसार क्षति भएको छ ।

- विद्यालयः ९३५३

- कक्षा कोठा पूर्ण क्षतिः २२४०१

- कक्षा कोठा आंशिक क्षतिः १४०२४

- कक्षा कोठा सामान्य क्षतिः १८९४२

- शौचालयको पूर्ण क्षतिः ३७७३

- घेरा पर्खाल १४५९

- विद्यालयको पिउने पानीः१५६८

- विद्यार्थीको मृत्युः १२८८

( स्रोतः शिक्षा विभाग, विपत ब्यवस्थापन शाखा)

यस्तो ठूला क्षत्ति शिक्षा क्षेत्रमा बेहोनु पप्यो र कलिला बालबालिका शिक्षा बाट बन्चित हुनु पर्रयो र यस्तो क्षतिबाट कम गर्नका लागि  डिपेको आठै को आर्थिक सहयोग, शिक्षा बिभागको समन्वयनमा र बालबालिका केन्द्रित विपद् जोखिम न्यूनिकरण (सीसीडिआरआर) कार्यक्रम संचालनका लागि बालबालिका केन्द्रित विपद् जोखिम न्यूनिकरण (सीसीडिआरआर) समुहमा सेभ द चिल्ड्रेन, प्लान नेपाल र वल्र्डभिजन इन्टरनेसनल हुन ।  

नेपालका ६ वटा  जिल्ला बाग्लुङ,पर्वत, वाँके, कालिकोट, कैलाली र डोटी जिल्लाका ६० वटा विद्यालयहरुमा पाइलटिन्ङ्गको लागि  बिद्यालय सुरक्षा परियोजना संचालन गरिएको छ । जस  अनुसार कालिकोट जिल्लाका ५वटा गा.बि.स लालु, माल्कोट, रुप्सा, मेहलमुडी र रकु गा.बि.सका १०वटा बिद्यालयमा सञ्चालित छ ।


यस परियोजनाले विद्यालयमा आधारित विप्द जोखिम व्यवस्थापन अवधारणाको कार्यान्वयनबाट समुदायका बालबालिका, महिला, पुरुष तथा विद्यालय र सम्बन्धित निकायहरुको विप्द उत्थानशीलता वृद्धि हुने मुख्य उद्देश्य राखेको छ । 

यस कायैक्रम मार्फत बिद्यालय तथा समुदाय स्तरमा बिपद सम्वन्धि जनचेतना जगाउने हेतुका साथ विद्यालय सुरक्षा कायक्रमलाई अझै प्रभावकारी बनाउनका लागि सेभ द चिल्डे«नको सहयोगमा, किर्डाक नेपाल कालिकोटको समन्वयनमा र दियालो परिवार कोहलपुर बाँकेका कलाकारहरुले कालिकोट जिल्लाका  ३ वाट गाविस लालु, रकु र मेहलमुडीमा  जोखिम न्युनिकरणका लागी पुर्व सुचनामा आधारित अन्तरक्रियात्मक नाटक ‘‘बल्ल आँखा खुल्यो ’’ नाटक प्रस्तुत गरेको छ । 

यस नाटकको कार्यक्रमको लक्ष्यःअन्तरक्रियात्मक सडक नाटकको माध्यमबाट बाढी पहिरो र भूकम्प सम्बन्धी चेतना अभिवृद्धी गर्ने । उद्देश्यहरु १. बाढी पहिरो र भूकम्पबाट कसरी बच्ने भन्ने उपायहरुको जनमानसमा जानकारी गराउने ।

२. पूर्व सूचना, प्रकोप न्यूनिकरण, पूर्व तयारी, प्रकोप सामनाको बारेमा मनोरञ्जनात्मक तरिकाले समुदायलाई जागरुक पार्ने ।

३. स्थानीय श्रोत साधनको परिचालन र प्रयोग गर्ने बारेमा जानकारी गराउने ।


यस नाटकले विद्यालयलाई  विपद् जोखिम न्यूनिकरण गर्नका लागि र बालबालिकाहरुलाई विद्यालय तथा धरमा सुरक्षित वाताारण सृजना गर्नका लागि र समुदायमा जनचेतना अभिवृद्धि गर्नका लागिे बल्ल खुल्यो  आँखा नाटक संचालन गरिएको थियो । 

यसले सुरक्षित विद्यालयका सुविधाहरु ,विद्यालय विपद् ब्यवस्थापन ,वहुविपद् जोखिम लेखाजोखा शिक्षा क्षेत्रको विष्लेषण र योजना तर्जुमा का साथै जोखिम न्यूनिकरण उत्थानसिल शिक्षाकालागि संन्देश दिएको छ । नाटकले विपद् जोखिम न्यूनिकरण का वारेमा राम्रो जनचेतना फैलाएको छ यस्ता नाटकले दुर्गमका वस्तिहरुमा रहेका अशिक्षित अभिभावकहरु तथा  बालबालिकाहरुलाई विपद् वाट जोगिनकालागि र पुर्वतयारीकालागि संदेश दिएको छ । 

यस नाटकबाट प्रत्येक्षरुपमा १२३० जना बालबालिका र ४३० जना अभिभावक लावान्धित भएका छन । नाटकले आम समुदाय स्तरसम्म छोटो समयमा चेतना फैलाउने काम गरेको  श्री पंचदेव उ मा वि का निमित्त प्रधानाध्यापक नवराज संञ्ज्यालको भनाई रहेको छ ।

यसै गरी श्री बढरुख  नि मा वि गैरिगाउँ ७ मेहमुडि का प्रधानाध्यापक चन्द्रसिह साँवद का अनुसार यस्ता चेतना अभिवृदिका क्रियाकलाप हरु विगतमा भएको भए पोदमारामा वाढीले पुर्याएको  लाखौको जनधनको क्षति भोग्नु पर्ने थिएन।  यस परीयोजना मार्फत हामिले विपद ब्यवस्थापन योजना र प्रतिकार्यका लागि पुर्व तयारी अपनाएका छौ । 


श्री सरस्वति  नि मा वि खुलालुका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश विष्ट को भनाई अनुसार यस नाटकले हाम्रो आखाँ प्रस्ट रुपमा खोलिदिएको छ । विगतका दिनमा हामिले अन्जानमा धेरै गल्ति गरेका रहेछौ । अवका दिनमा हामि विपद्को सामना गर्न सक्छौ किनकि यो विद्यालय सुरक्षा परीयोजना र यस नाटकले हाम्रो चेतना  अभिबृद्धि गर्नेकाम गरेको छ । अव हाम्रा वालवालिका विपद वाट असुरक्षित हुने छैनन् । 

श्री शंकर उ मा वि रकु का वालक्लव अध्यक्ष टक्क सार्कि का अनुसार विपद् जोखिम न्यूनिकरणकालागि पहलकदमि गरेकोमा सेभ द चिल्डे्रन, किर्डाक नेपाल कालिकोटलाई स धन्यवाद दिन चाहन्छौ ।किनकि विपद वाट सुरक्षित हुनकालागि ज्ञान प्रदान गरेको मा जस अनुसार हामिले घरको विपद ब्यवस्थापन योजना र घरको जोखिम नक्शांकन पनि वनाएका छौ । आजको नाटकले झन  थप उर्जा प्रदान गरेको छ ।    

विद्यालय यस कार्यक्रम  माफर्त बिद्यालय तथा समुदायमा  जनचेतना जगाउने काम गर्नुका साथै बिपद ब्यवस्थापन पुर्व तयारीका लागी  बिद्यालय तथा समुदायमा बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने काम गरेका छ । जस्तै बिद्यालयका शिक्षक,बिद्यार्थी, प्रअ, बि.ब्य.स र अभिभावकलाई तालिम  तथा अभिमुखिकरण  गर्नेका गर्नुका साथै बिद्यालयको सुधार योजनामा बिपद प्रतिकार्य योजना समाबेश गर्ने, गैह्र संरचनात्मक जोखिम ब्यवस्थान सहयोग गर्ने,बालबालिकाको घर तथा समुदायमा बिपद  प्रतिकार्य योजना निमार्ण गर्न सहयोग लगाएत बिपद्को समयमा उद्धार कार्य गर्न ३ वटा कार्यक्रम लागू भएका बिद्यालयको कार्य क्षेत्रमा पर्ने प्रहरी चौकीलाई जिल्ला शिक्षा कार्यलय र बिद्यालयको रोहवरमा खोज तथा उद्धार सामाग्री सहयोग  गर्ने काम गरेको छ । 

यस कार्यक्रमले छोटो समयमा भएपनि प्रभाबकारीकाम गरेकारको हुनाले यस कार्यक्रमकालाई निरन्तरता दिनुका साथै बिस्तार गर्नु पर्ने  बिभिन्न सरोकारवालाको भनाइ रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!