लगातार बढेको सुनको भाउ आज घट्यो, यस्तो छ आजको बजार भाउ

Posted on: 14 Nov, 2022

कात्तिक २८, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७  सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!