यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 14 Nov, 2022

कात्तिक २८, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको एकको खरिद दर १२८ रूपैयाँ ९८ पैसा र बिक्री दर १२९ रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३३ रूपैयाँ ५५ पैसा र बिक्री दर १३४ रूपैयाँ १७ पैसा रहेको छ।   

 यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५२ रूपैयाँ ६७ पैसा र बिक्री दर १५३ रूपैयाँ ३८ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ १२ पैसा र बिक्री दर ३५ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!