आज पनि घट्यो सुनको भाउ, तोलाको कति?

Posted on: 01 May, 2022

वैशाख १८, काठमाडाैं | सुनको भाउ आइतबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । शुक्रबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!