सुनको मूल्य ३ सय रुपैयाँले ओरालो

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ । आइतबार स्थिर चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । 

आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!