माघ २४, काठमाण्डौ | यो साता निरन्तर उकालो लागेको सुनको मूल्य बुधबाट घट्दो छ | बुधबार २ सयले घटेको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ६२ हजार ४ सयमा कारोबार भएको थियो |
यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!