फिर्के खहरे खोला माथि सवारी साधन सञ्चालन हुने पुल निर्माण

Posted on: 05 Sep, 2017

भदौ २०, पोखरा। पोखरा–लेखनाथ महानगरपालिकाको शहीदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ । 

जिल्ला समन्वय समितिको रु एक करोड ३० लाखको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो । 

पुल बनेसँगै शहीदचोकबाट लेकसाइड, बैदाम, हल्लनचोकतिर सवारीसाधन आवतजावत गर्न सहज भएको छ । फिर्के खहरे खोलामा मोटर बाटो भए पनि वर्षात्को समयमा खोलामा ठूलो भेल आउँदा खोलामा गुडिरहेका सवारीसाधनलाई समेत बगाई दिने स्थिति थियो । अघिल्लो वर्षको वर्षायाममा खहरेमा आएको भेलले मोटरसाइकल बगाउँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!