श्रीकृष्ण माविमा खानेपानी परियोजना

Posted on: 05 Sep, 2017

असोज २० पोखरा | पोखराको मासबारमा अवस्थित श्रीकृष्ण माविमा विश्व कनफ्युसियस महासंघ नेपाल शाखाले दुई लाख रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेनले कनफ्युसियस कुनै धर्म नभइकिन एउटा दर्शन, सिद्धान्त रहेको र कनफ्युसियसको बारेमा वर्णन पश्चात नगद दुई लाख रुपैया विद्यालयका अध्यक्ष र प्रिन्सिपललाई हस्तान्तरण गर्दै सहयोग रकमले विद्यालयको खानेपानीमा सुधार आउने र आगामी दिनहरुमा यस्ता खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै निकट भविष्यमा चिनिया भाषाको कक्षा समेत संचालन गर्ने जानकारी गराएका थिए ।

विद्यालयका प्रिन्सिपल केदारनाथ अधिकारीले विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेनलाई आर्थिक सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्ता खालका सहयोगको अपेक्षा सहित विद्यालयमा अब शुद्ध खानेपानीको प्रवन्ध भएको र करिब ३५० जना विद्यार्थीहरु प्रत्यक्ष रुपमा यस परियोजनाबाट लाभान्वित हुने जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले सम्भव र सकरात्मक परिवर्तनको सम्बाहक स्वंयम आफै बन्नुपर्ने र विद्यालयको बृहत्तर प्रगति र हितको निम्ति पहलकदम चाल्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेन, अतिथिहरुमा वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बराल, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य बहादुर कार्की, विद्यालयका प्रिन्सिपल केदारनाथ अधिकारी, चिन–नेपाल विश्व कनफ्युसियस महासंघ टोलिका संयोजक रामनारायण डङ्गोल, पोखराका संयोजक दिपक कार्की र चिनिया टोलीका सदस्यहरु रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनिल खड्का र स्वागत मन्तव्य शिक्षक घनश्याम अधिकारीले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!