चैते दशैमा साडे १७ लाख भेटी संकलन

Posted on: 09 Apr, 2017

बागलुङ कालिका मन्दिरमा चैत्रे दशैंको ९ दिनमा जम्मा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको छ । नव दुर्गाको अवसरमा संकलन भएको विवरण अनुसार १६ गते ८८ हजार ३ सय ३ रुपैयां, १७ गते ६९ हजार १ सय ३५ रुपैयां, १८ गते ९३ हजार ३ सय ४५ रुपैयां, १९ गते ३ लाख ६८ हजार ५० रुपैयां, २० गते १ लाख २३ हजार ८ सय ६० रुपैयां, २१ गते १ लाख ७८ हजार १ सय ६० रुपैयां, २२ गते ५ लाख ६० हजार ७ सय ८० रुपैयां, २३ गते १ लाख ८२ हजार ८ सय ८५ रुपैयां तथा २४ गते ९० हजार ४  सय ३५ रुपैयां जम्मा भएको छ बाग्लुङ भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । 

उनका अनुसार चैत्र शुक्ल नवरात्रको यो अवधिमा भेटी ८ लाख ४९ हजार ३ सय रुपैयां, परेवा विक्रि १ हजार ४ सय २१ जोडी बाट ५ लाख ६८ हजार ४ सय रुपैयां, बोका मुड विक्रि ३ सय ६१ बाट २ लाख ६० हजार २ सय ६० रुपैयां, रांगो मुढ विक्रि १२ बाट ८ हजार ५ सय ३० रुपैयां, कुखुरा मुढ विक्रि ८ सय २ बाट ३६ हजार ७० रुपैयां, चामल विक्री १ सय ३० पाथिबाट ३६ हजार रुपैयां, तेल विक्रि ६९ पोकाबाट ३ हजार ४ सय ५० रुपैयां तथा आर्थिक सहयोग २ हजार ३ सय ४३ रुपैयां जम्मा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!