नवलपरासीका सांसदहरुले उखुको बिषयमा कुरा गर्न देउवालाई भेटे

Posted on: 25 Dec, 2016

नवलपरासी, १० पुस ।  नवलपरासीबाट निर्वाचित सांसदहरुले  सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् ।

समयमै उखुको मुल्य निर्धारण हुन नसक्दा उखु किसानहरु मर्कामा परेको जनाउदै सांसद बिक्रम खनाल र देवकरण प्रसाद कलवार सहितको टोलीले आफ्ना पार्टी सभापति एवंम् पुर्व प्रधामन्त्री देउवा समक्ष भेटघाट गरेका हुन् ।  

सो क्रममा पार्टी सभापति देउवा संग आफुहरुले तत्काल उखुको सरकारले मुल्य निर्धारण नगर्दा किसानहरु निकै समस्यामा पर्ने हुदा यसलाई तत्काल समस्या समाधान गर्न माग गरिएको छलफलमा सहभागी नेपाली कांग्रेसका नेता एवम् नवलपरासी निर्वाचन क्षेत्र न. ६का सांसद देवकरण प्रसाद कलवारले बताउनुभयो । 

सो क्रममा पार्टी सभापति देउवाले तत्काल उद्योगमन्त्रीलाई निर्देशन दिएर अर्थ मन्त्रालय संग समन्वय गरी उखुको सरकारकाले मुल्य निर्धारण गर्ने आफुहरुलाई आस्वासन दिएको छलफलमा सहभागी नेपाली कांग्रेसका नेता एवम् नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद बिक्रम खनालले बताउनुभयो । 

यसैबिच उद्योगमन्त्री  नबिन्द्रराज जोशीलाई समेत भेटेर सांसदद्धयको टोलीले  उखुको मुल्य तत्काल निर्धारण गर्न सरकारले पहल गर्नेपर्ने बारेमा छलफल गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!